बिराटनगर जेसीजले स्वर्ण जयन्ती जेसीज सप्ताह अन्तर्गतको दोश्रो कार्यक्रम ‘भबिस्य लेख्ने व्हाइट बोर्ड तथा शैक्षिक सामाग्री वितरण’ सम्पन्न गरेको छ ।
बिराटनगर १४ स्थित बाल माध्यमीक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरि उक्त कार्यक्रम समापन गरिएको हो ।
कार्याक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सद्सय अमृत अर्यालले आफनो निर्वाचन क्षेत्रमा रहेका बाल मा.विमा शैक्षिक सामाग्री वितरन गरेकोमा विराटनगर जेसीजलाई धन्यवाद ज्ञापन गरेका थिए । अर्यालले भने,‘ विद्यालयहरु वाल मैत्री हुनु पर्छ । मेरो निर्वाचन क्षेत्रमा पर्ने बाल मा.वि लगायत अन्य विद्यालयमा सहयोग हेतु म सधै तयार रहनछु ।’
कार्यक्रममा स्वर्ण जयन्ती मुल आयोजक समितीका संयोजक गोपाल गुप्ता , पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणी , बोर्ड अफ ट्रस्ट अध्यक्ष टिकाराज ढकाल , पुर्व अध्यक्ष क्लब अध्यक्ष देबेश प्रदान , बिधालयका प्रधानाध्यापक बिरेन्द्र कुमार यादव लगायत पुर्व अध्यक्ष, बिराटनगर जेसीज बोर्ड तथा पदाधिकारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संयोजन सन्देश कोइरालाले गरेका थिए ।