काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आठ दलले आयोजना गर्न लागेको संयुक्त भेला स्थगित भएको छ।

बिहीबार हुने राष्ट्रपति चुनावका लागि बुधबार सत्ता पक्षीय आठ दलले संघीय संसद र प्रदेशसभा सदस्यको संयुक्त भेला आयोजना गरेको थियो।

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको सचिवालयका अनुसार निर्वाचनको मौन अवधि लागू हुने भएपछि स्थगित गर्नुपरेको हो। पौडलको सचिवालयले भन्यो, ‘चुनावको आचारसंहिताका कारण भेला गर्न संभव भएन। त्यहीँ भएर स्थगित भएको हो।’

औपचारिक भेला स्थगित भए पनि दलहरुले आफ्ना सांसदलाई अनौपचारिक रुपमा प्रशिक्षित भने गर्नेछन्।

77
Shares
२१ फाल्गुन २०७९, आईतवार १२:४७