काठमाडौँ । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाले आफ्नो चर्चित गीत ‘नौडाँडा पारी’ को दोस्रो पार्ट ‘नौडाँडा पारी २’ ल्याएका छन् ।

टिका दहालको संगीत रहेको गीतमा एकजोडी प्रेमिकाको सम्झना र कल्पना समेटिएको छ । जसको शब्द गीतकार रमेश दाहालले लेखेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।

चित्लाङ वरिपरिका रमणीय स्थानमा छायांकन भएको गीत भिडियोमा एक जोडी प्रेमीको प्रेम र रोमान्स समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु