काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशीला सिर्पाली ठकुरीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताएकी छिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको गोष्ठीमा बोल्ने क्रममा मन्त्री सिर्पालीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताएकी हुन् ।

विश्वका अग्ला १२ हिमालमध्य ८ वटा हिमालहरू नेपालमा मात्र अवस्थित हुनु सामान्य कुरा नभएको बताउँदै उनले नेपालमा हिमाल, प्राकृतिक दृश्य, र बहुमूल्य जडिबुटी पर्यटन उद्योगको आधार भएको बताइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पर्यटन संस्कृति प्रवर्धन र सर्वाङ्गीण विकास अर्घाखाँची जिल्लामा आधारित १२ वटा कार्यपत्र पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु