ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मीनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना१ ज ८४८३ नम्बरको बोलेरोमा १३ जना सवार रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा नौजना घाइते भएका छन् । केहीलाई काठमाडौं पठाइएको छ भने अरु घाइतेलाई पनि सुविधासम्पन्न अस्पतालमा उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामा चालक सुमन कार्की, तुलसा धमला, २ वर्षीय बालक विनय धमला, तीर्थलक्ष्मी श्रेष्ठ, केन्द्रबहादुर कार्की, आयुशा श्रेष्ठ, शर्मिला श्रेष्ठ, ४ वर्षीय लरिसा श्रेष्ठ र खेमबहादुर खत्री छन् ।