काठमाडाै । नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दिउँसोको समयमा बन्द नहुने भएको छ ।

सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नका लागि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।

पुस पाँच गतेदेखि पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म र त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो ।

यसअघि सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नका लागि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।

पुस पाँच गतेदेखि पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म र त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो ।

तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अरु पुलहरुको काम अन्तिम चरणमा पुगेकाले आजदेखि दिउँसोको समयमा सडक बन्द नहुने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु