वीरगञ्ज । गाँजासहित तीन पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने नरेश बम, हिरामान थिङ र सुरेश स्याङतान छन्।

जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा चेकजाँचको क्रममा अमलेखगञ्जबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो भाग्ने क्रममा प्रहरीले पिछा गरी समातेको थियो।

चेकजाँचका क्रममा अटोभित्रबाट लुकाई छिपाई ल्याएको अवस्थामा १२ किलो गाँजा बरामद गरिएको बाराका प्रहरी प्रवक्ता पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

गाँजा ओसार पसारमा संलग्न भएको आरोपमा पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।

49
Shares
२१ फाल्गुन २०७९, आईतवार ०६:२७