कोशी प्रदेश नामाकरण विरुद्ध प्रदेशको अधिकांश जिल्लामा दिनँहु सडकमा प्रदर्शन भइरहेको छ ।
यायोक्खाको प्रदेशको नाम ऐतिहासिक पृष्ठभूमिको आधारमा त्यहाँको मानव भूगोलको सभ्यता, इतिहास, भाषा संस्कृतिको पहिचान सम्बोधन गर्ने गरि किरात प्रदेश नाम राख्नुपर्ने माग रहेको छ ।फागुन १७ कालो दिन, कोशी प्रदेश मुर्दावाद, किरात प्रदेश जिन्दावाद लगायत प्लाकार्डसहित उनीहरूले प्रर्दशनमा उत्रिएका हुन् ।