कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले फागुन २२ देखि चैत्र १ गतेसम्म मतदाता नामावली अद्यावधिक, दाबी विरोधसहितको कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। कार्यक्रममा अधिकारीले प्रतिनिधि सभाको निर्वाचनमा जुनैक्षेत्रबाट उम्मेदवारी दिन सकिने हुँदा मुलुकका सबै जिल्लाको मतदाता नामावली अद्यावधिक गर्नुपर्ने बताए।
कार्यक्रममा कार्यालयका प्रमुख अधिकारीले भने,‘उपनिर्वाचन हुने क्षेत्रमा यहाँका व्यक्तिले समेत उम्मेदवारी दिन सक्ने हुँदा अद्यावधिक गर्नुपरेको हो। यसका लागि इन्टरनेटमार्फत पनि आवश्यक कागजातसहित आवेदन भर्न सकिने छ।’मोरङको मतदाता नामावली अद्यावधिक हुँदै
विराटनगर । प्रदेश निर्वाचन कार्यालय विराटनगरले मोरङको मतदाता नामावली अद्यावधिक गर्ने जनाएको छ। विराटनगरमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग मतदाता नामावली अद्यावधिकका लागि आयोजित छलफलमा कार्यालयले चितवनमा आउँदो वर्ष वैशाख १० हुने उपनिर्वाचनलाई लक्षित गरी मोरङमा समेत मतदाता नामावली अद्यावधिक गर्ने जनाएको हो।