महाअभियानले आज काठमाडौँको नयाँ बानेश्वरमा राष्ट्रिय झण्डा बोकेर प्रर्दशन गरेको हो।पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराइ झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ।
महाअभियानले आर्थिक अन्याय र बेथितिविरुद्ध काठमाडौँमा पनि प्रदर्शन गरेको महाअभियानका संयोजक प्रसाईंले बताएका छन्।आजको प्रदर्शनमा उल्लेख्य रुपमा प्रदर्शनकारीको सहभागिता देख्न सकिन्छ।अभियानले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषयमा अपिल गरेको छ।