धरान । टुबोर्ग हराईजन बास्केटबल रनिङ कप फागुन २१ गतेदेखि हुने भएको छ ।हराईजन क्लब धरानको आयोजनामा हुने बास्केटबल प्रतियोगितामा राष्ट्रिय स्तरका क्लबसहित ८ टिमको सहभागिता हुनेछ ।
सातौ संस्करणको यस प्रतियोगिताको विजेता टिमले नगद एकलाख ११ हजार एकसय ११ रूपैयाँ र उपविजेता टिमलाई ५५ हजार पाँच सय ५५ रूपैयाँ पुरस्कार जित्नेछन् ।
प्रतियोगितामा हराईजन क्लब धरान, झापा ज्याकबोर क्लब झापा, नेपाल पुलिस क्लब काठमाडौ, होलिल्याण्ड ईन्टरनेशनल कलेज धरान, टाईम्स ईन्टरनेशनल क्लब काठमाडौं, विराटनगर बास्केटबल एकेडेमी विराटनगर, कलिया बास्केटबल क्लब बारा, त्रिभुवन आर्मी क्लब काठमाडौको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।