विराटनगर । रोनक फेसन एजेन्सीले गर्न लागेको मिस्टर एण्ड मिस पूर्वाञ्चल नेपाल फागुन २० गते हुने भएको छ ।

आयोजक संस्थाले जनाएअनुसार करिब १७ लाखको लागतमा हुने भनिएको यो कार्यक्रममा मिस्टर पूर्वाञ्चलका लागि १० जना र मिस पूर्वाञ्चलका लागि १४ जनाले प्रतिस्पर्धा गर्ने छन् ।

आयोजक संस्थाका अध्यक्ष रोनक अग्रवालले विराटनगरमा हुने यो फेसन शो अन्तर्राष्ट्रिय स्तरको हुने दाबी गरे ।

उनले यो प्रतियोगितामा उपाधी हासिल गर्नेले अन्तर्राष्ट्रिय स्तरको शोमा प्रवेश गर्न मौका पाउने उल्लेख गरे ।

अग्रवालले भारतको मेगा एन्टरटेन्मेन्टसँगको सहकार्यमा हुने कार्यक्रमले प्रतियोगीलाई जिन्दगीको वास्तविक उद्देश र बाटो प्राप्त हुने जिकिर गरे ।

त्यसैगरी मेगा एन्टरटेन्मेन्ट भारतका अध्यक्ष अभिजित सिन्हाले मिस्टर एण्ड मिस पूर्वाञ्चल नेपालका प्रतिस्पर्धीहरुले विराटनगरलाई विश्वमा चिनाउन सफल हुने बताए ।

उनले लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा चल्दै आएको शोकै तरिकामा विराटनगरको यो फेसन शो सफल हुने उल्लेख गरे । उनले यो शोले ठूला ब्रान्डहरुलाई नेपाल प्रवेश गर्न सहज बाटो प्रदान गर्ने बताए ।

मिस्टर एण्ड मिस पूर्वाञ्चल को फाइनलमा १० जना युवक र १३ जना युवती प्रतियोगीहरू प्रतिस्पर्धामा छन् ।

आयोजकका अनुसार विजेतालाई विभिन्न पुरस्कार दिइने भएको छ । प्राइम लाइफ इन्सुरेन्सबाट १० लाख रुपैयाँको इन्सुरेन्स प्रदान गरिने छ ।

यसैगरी रनर अपहरुलाई पाँच, पाँच लाख रुपैयाँको इन्सुरेन्स प्रदान गरिने छ ।

यस्तै, सेकेन्ड रनर्स अपलाई अढाइ अढाइ लाख रुपैयाँको इन्सुरेन्स व्यवस्था गरिएको छ ।

विजेताहरुलाई एक वर्षका लागि निःशुल्क मेकअप, निःशुल्क इन्टरनेट र जिम सुविधा पनि दिइने भएको छ । यस्तै, एक वर्षका लागि निःशुल्क नृत्य र जुम्बा प्रशिक्षण पनि दिइनेछ ।

प्रमुख तीनजना विजेतलाई मार्टिना मेकअप स्टुडियोको तर्फबाट एक महिने निःुशल्क मेकअप तालिम पनि दिइने जनाइएको छ ।

रेडमड कफी विराटनगरका तर्फबाट विजेतालाई निःशुल्क तालिम दिइने बताइएको छ ।

ब्याचलर्स इन बिजिनेश स्टडीका लागि निःशुल्क कोर्सहरु प्रदान गरिने छ ।

98
Shares
१९ फाल्गुन २०७९, शुक्रबार १८:०७