काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार र दलहरु मत माग्न व्यस्त छन् ।

राष्ट्रपतिसँग कार्यकारी अधिकार हुँदैन, तर, दलहरुले कार्यकारी पदाधिकारीकै चुनावको झल्को दिने गरी प्रचार गरिरहेका छन् ।

उम्मेदवारलाई नै राखेर सम्मेलन गर्ने, पार्टी कार्यालयमा मत माग्न जाने तथा पार्टी र सांसदहरुलाई एक एक गरी पत्राचार गर्ने लगायतका शैली दलहरुले अपनाएका छन् ।

नेपाली कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन आठ दलले बिहीबार काठमाडौंमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई प्रशिक्षण कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतन्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरुले राष्ट्रपतिमा पौडेललाई मतदान गर्न आग्रह गरे ।

आठदलीय गठबन्धनले सातै प्रदेशमा कांग्रेसका पदाधिकारीलाई जिम्मेवारी नै तोकेर पठाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र र राप्रपाको पनि साथ लिने गठबन्धनको तयारी छ । पौडेलले रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर मत दिन आग्रह गरिसकेका छन् । कांग्रेसले प्रत्येक सांसदलाई पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु