काठमाडौं । मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भनाइ छ ।
संसद्मा प्रतिनिधिहरु गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने उनले स्पष्ट पारे ।
भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले २०४६ सालयताका भ्रष्टहरुलाई छानबिन गरी कारबाही गर्न दलहरु तयार हुनुपर्ने सुझाए ।अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढनुपर्ने धारणा राखे । भ्रष्टहरुलाई जेलमा पठाउन पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन सके मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उनले भनाइ थियो । ‘भ्रष्टाचार निमिट्यान्न पार्न एउटा राष्ट्रिय सहमति आवश्यक छ ।
संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरु, पदाधिकारीहरु, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीहरुबीच एउटा राष्ट्रिय सहमति गरौंन । त्यो सहमति भनेको भ्रष्टाचार नियन्त्रण्या गर्ने । भ्रष्टाचारलाई कारबाही गर्ने । कारबाही गर्नका लागि राष्ट्रिय सहमति बनाऔं,’ उनले भने ।