भारतीय अर्बपति गौतम अडानीको व्यापारिक समूह अडानी ग्रुपमाथि हिन्डेनबर्ग रिसर्चले लगाएको आरोपबारे छानबिन गर्न समिति गठन भएसँगै अडानी समूहका फर्महरूको शेयर मूल्य उच्च अङ्कले बढेको छ ।

भारतीय सर्वोच्च अदालतले पूर्वन्यायाधीश अभय एम सप्रेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको बीबीसीले जनाएको छ । मुख्य न्यायाधीश चन्द्रचुडको नेतृत्वमा रहेको तीन न्यायाधीशको इजलासले हिन्डेनबर्ग रिसर्चको प्रतिवेदनविरुद्ध अडानी समूहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै छानबिन समिति गठन गरेको हो ।

यस्तै अदालतले स्टक मार्केट नियामक सेबीलाई पनि अडानी समूहका फर्मका शेयर कारोबार नियमसङ्गत भए/नभएको अध्ययन गर्न निर्देशन दिएको छ ।

हिन्डेनबर्ग रिसर्चले छ हप्ताअघि एक रिपोर्ट सार्वजनिक गर्दै अडानीले आफ्ना समूहका फर्महरूको शेयर हेरफेर तथा जालझेल गरेको आरोप लगाएको थियो । हिन्डेनबर्गको आरोपसँगै अडानीको सम्पत्ति छ हप्ताको बीचमै एक खर्ब ५० अर्ब डलरबाट ३७ अर्ब डलरमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु