छक्का पञ्जा ४ मा दीपक र दीपाश्री निरौला बाहेक बेनिशा हमाल, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ्ग, नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य लगायतको अभिनय छ ।
चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ । आमा सरस्वती मुभिज र आईएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनियाँ र केशव न्यौपाने हुन् ।याे फिल्मकाे कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् भने चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।
त्यस्तै, प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निर्माणमा रहेकाे २.० छड्केलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । २.० छड्केमा मुख्य कलाकार अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।