काठमाडाैँ । युएईमा जारी रहेको विश्वकप लिग-२ मा नेपाली टिमले शुक्रबार पपुवा न्युगिनी (पिएनजी)सँग तेस्रो खेल खेल्दै छ।
त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा पिएनजीलाई हराएको नेपाल दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।
नेपाल र पिएनजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार आज बिहान ११:४५ मा सुरु हुँदैछ।जारी विश्वकप लिग-२ का खेलमा नेपाल अहिलेसम्म पिएनजीसँग हारेको छैन। त्यसैले आज हुने खेलमा पनि नेपाल आफ्नो सोही लयलाई कायम राख्न चाहन्छ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो।