यही फागुन २५ राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । यी दुई पदमा निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ । सोहीकारण यी क्षेत्रमा उपनिर्वाचन गर्नुपर्छ ।
अवैध नागरिकताका कारण चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यो क्षेत्र सांसदविहीन छ । आयोगले यसअघि नै चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीकाअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको स्थानमा पनि आगामी वैशाख १० गते निर्वाचन गर्ने तयारी गरिएको हो ।
आयुक्त भण्डारी भन्छन्, ‘आयोग त्यही समयमा निर्वाचन गर्न तयार छ । सम्पूर्ण निर्वाचन तयारी सम्पन्न छ ।’