विराटनगर।  विराटनगर जेसीज ५० बर्ष पुगेको सुखद उपलक्ष्यमा स्वर्ण जयन्ती  जेसीज सप्ताह आयोजना गरिने भएको छ ।
फागुन २० गते शनिवारदेखि फाल्गुन २७ गते शनिवार सम्म विविध कार्यक्रमको आयोजना गरि सप्ताह संचालन गरिने छ ।
पहिलो दिन २० गते स्वास्थका लागि दौड नाराका साथ विराटनगर रनको आयोजना गरिने छ ।  प्रथम हुने लाई रु ५१०० , दोश्रो हुनेलाई रु ३१०० तेस्रो हुने लाई रु २१००का दरले पुरस्कार प्रदान गरिने छ । जसमा बिना कुनै रजिस्ट्रेसन सहभागी हुन पाइने छ ।
त्यस्तै दोस्रो दिन बाल मावि विराटनगर १४ का बिद्यार्थीका लागि व्हाइट बोर्ड तथा शैक्षिक सामग्री प्रदान गरिने छ । तेस्रो दिन मायाको भोजन तथा आँखा शिविर मानव सेवा आश्रममा आयोजना गरिने छ । चौथो दिन रङ्गिन होलि तथा विराटनगर जेसीज को ५० औ स्थापना दिवस जेसीज भवनमा सम्पन्न हुने छ ।
त्यस्तै ५ औ दिनको कार्यक्रम प्रभावकारी कार्यक्रम संचालन वर्कसप जेसीज भवनमा समपन्न हुने छ भने छैठौ दिनको कार्यक्रम अबको विराटनगर महानगरको सभा हलमा सम्पन्न हुने छ ।
सातौ दिनको कार्यक्रम फागुन २७ गते शनिबार होटल मनास्लु इन बरगाछीमा स्वर्णजयन्ती जेसीज सप्ताह समापन गर्दै सम्पन्न गरिने जेसीज सप्ताह समापन कार्यक्रमका मुख्य कार्यक्रम सयोजक तुलसी निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु