काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ ।
कांग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूबीच बुधबार स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो ।
अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको ती विद्यार्थी संगठनबीच तीन बुँदे सहमति भएको छ ।नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूकी महासचिव आरती लामाबीच सहमति भएको हो ।
अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले तीन विद्यार्थी संगठनले चैत ५ गते हुने स्ववियु निर्वाचन जस्तोसुकै परिस्थितिमा पनि सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेको बताए ।
स्ववियु निर्वाचन मा सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ छ ।