राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि सरकारको विषयले प्रवेश पाउने उनको भनाइ छ । तर अहिले दलहरुबीच सरकार निर्माणको विषय प्रवेश नगरेकाले सरकारका बारेमा बोल्नु हतारो हुने उनको भनाइ छ ।
प्रदेश सरकारका विषयमा नेकपा एमालेले गरेको निर्णयका आधारमा नेपाली कांग्रेसले निर्णय लिने उनले बताए । उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि दोहोर्याए ।सरकार निर्माणको प्रक्रिया राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सरकार निर्माणको प्रक्रिया थालिने जनाएका छन् ।