इप्पानले सिन्धुपाल्चोकको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण स्थलमा फागुन १५ गते स्थानीय एक समूहले गरेको तोडफोड तथा आगजनी र कर्मचारीमाथिको साङ्घातिक आक्रमणको भर्त्सना गरेको छ ।
जलविद्युत् आयोजनामा स्थानीयको समूहले नै उच्छृङ्खल,अराजक तथा आपराधिक घटना गरेकाे इप्पानकाे भनाइ छ ।पत्रकार सम्मेलनमा इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षति भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति र घाइते भएका आयोजनाका कर्मचारीहरूको सम्पूर्ण खर्च पीडक पक्षले बेहाेर्ने व्यवस्था गराउन सरकारसँग माग गरे ।