विराटनगर । प्रदेश नामकरण गरेको अवसरमा आज बिहीबार कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

प्रदेश सरकारको निर्णय अनुसार सार्वजनिक बिदा घोषणा गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्ले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

रदेशसभाले बुधबार प्रदेशको नाम दुई तिहाई बहुमतका साथ टुंगो लगाएको थियो ।

सात प्रदेशमध्ये ६ प्रदेशले आफ्नो नाम राखिसक्दा पनि प्रदेश १ ले राख्न नसकेको भन्दै आलोचना भइरहको थियो ।
49
Shares
१८ फाल्गुन २०७९, बिहीबार ०६:१०