विराटनगर । हार्डवेयर संघको आयोजनामा विराटनगरमा भव्य होली मिलन कार्यक्रम आयोजना गरियो ।
संघका अध्यक्ष मनोजकुमार अग्रवालको सभापतित्व, आन्तरिक राजस्व कार्यालयका प्रमुख डा. डीबी क्षेत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा समाजसेवी व्यक्तित्व ताराचन्द खेतानको विशिष्ट अतिथ्य थियो ।यसैगरी साहित्यक्षेत्रका व्यक्तित्वहरु मधु पोखरेल, रामबाबु दाहाल, शिवनारायण पण्डित सिंगल, प्रिन्स प्रमोद ढकाल , चिरन्जीवी काफ्ले, अम्बिका खरेल उप्रेती, लक्ष्मी युग्मी, सविना श्रेष्ठ, पूजा बहार, प्रकाश अनुराग, हास्य कलाकार पारस थापा लगायतको सहभागिता थियो ।
कार्यक्रममा झोराहाट नाट्य समूहले रोचक नाटक प्रस्तुत गरेको थियो ।