विराटनगर । प्रदेश १ को नाम कोशी बुधबारै घोषणा गर्ने सम्भावना छ । यसका लागि तयारी भइरहेको छ । नामबारे सांसदहरुले धारणा राखेपछि सच्याउनका लागि सभामुखले दुई घण्टाको समय दिएका छन् । हाल बैठक स्थगन गरिएको छ ।

प्रदेशसभाका सभामुख बाबुराम गौतमले प्रदेश सभामा दर्ता भएको कोशी नाममा संशोधन गर्न चाहने सांसदका लागि दुई घण्टा समय दिएर बैठक स्थगन गरेका हुन् ।

नेकपा एमालेले प्रस्ताव गरेको कोशी प्रस्तावबारे सांसदहरूले बोल्ने क्रम सकिएको छ । दुई घण्टाको अवधिमा नाम संशोधन गर्न चाहने सांसदले संशोधन दर्ता गर्न सक्ने संसद सचिवालयले जनाएको छ ।

प्रक्रिया पूरा गरेर आजै नाम घोषणा गर्ने तयारी गरिएको छ ।
छलफलमा बोल्ने अधिकांश सांसदहरूले कोशीकै पक्षमा धारणा राखेका थिए ।

98
Shares
१७ फाल्गुन २०७९, बुधबार १८:५३