प्रदेशसभामा नामकरणको विषयलाई आजै प्रवेश गराउने तयारी गरिएको छ ।
छलफलहरुमा लगभग सहमति भइसकेको उल्लेख गर्दै नेताहरुले बुधबार अबेरसम्म भए पनि नामको टुंगो लाग्ने दाबी गरेका छन् ।नेकपा माओवादीले पहिचानसहितको नाममा जोड दिएको छ । अरु नाममा दुई तिहाइ पुग्ने भएमा त्यसैमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ ।
मंगलबार माओवादीका प्रदेश अध्यक्ष , केन्द्रिय सदस्य साथै संसदीय दलको नेताको इन्द्रबहादुर आङ्बोको उपस्तिथिमा बैठक बसेर नामकरणमा बाधक नबन्ने नीति पास गरेको थियो ।माओवादीले ‘कोसी’ नाममा समेत सहमति जनाउने रणनीति लिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीका प्रदेश अध्यक्ष, इन्चार्ज र केन्द्रीय अध्यक्षको समन्वय छलफल बढाएका थिए । मुख्यमन्त्री कार्कीले पहिल्यैदेखि प्रदेशको नाम कोसी हुनुपर्ने पक्षमा थिए ।