मस्क पहिलो स्थानमा उक्लिएपछि गएको डिसेम्बरदेखि निरन्तर पहिलो नम्बरका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले दोस्रो नम्बरमा छन । मस्कको कुल सम्पत्ति १ सय ८७ बिलियन डलर नाघेको छ ।
अर्नाल्टको सम्पत्ति १ सय ८५ बिलियनभन्दा केही बढी छ । मस्कले ट्विटर किनेपछि कार निर्माता कम्पनी टेस्लाको शेयर बजार पनि तीव्ररूपमा घटेको थियो । तर सन् २०२३ सुरु भएदेखि टेस्लाको शेयर बढिरहेको छ । मस्कले सन् २०२२ मा २ सय ३ अर्ब डलर सम्पत्ति गुमाउनुपरेको थियो । मस्कको सम्पत्ति आज एकै दिन झन्ड ७ अर्ब डलर थपिएको छ ।यसैबीच भारतीय अर्बपति गौतम अदानीको सम्पत्ति घट्ने क्रम अझै रोकिएको छैन । सन् २०२३ को सुरुमा १ सय १९ अर्ब डलर सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीको तेस्रो नम्बरमा परेका अदानीको सम्पत्ति एक महिनामा ८२ अर्ब डलरभन्दा धेरैले घटेको छ ।