सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले लेखापढीका नाममा सर्वसाधारण ठगिने क्रमलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

सेवा सहजीकरणका नाममा विभिन्न फर्मआबद्ध व्यक्तिले सेवाग्राहीबाट चर्को शुल्क असुल्ने गरेको भेटिएको भन्दै त्यस्ता व्यक्तिका हकमा अत्यावश्यक कामबाहेक कार्यालय प्रवेशमा रोक लगाएको जनाइएको छ ।

कार्यालयबाहिर खुलेका फर्म र तिनमा आबद्ध व्यक्तिहरुले सर्वसाधारबाट चर्को शुल्क असुलेर ठगी गरेको पाइएकाले सेवाग्राहीको हितका लागि यस्तो निर्णय लिइएको प्रशासनले जनाएको छ ।

लेखापढी आबद्ध फर्मले सर्वसाधारणबाट फोटोकपीदेखि निवेदन, लिखित, हुलाक टिकट र अनलाइन फारमबापत चर्को शुल्क लिने गरेका छन् ।

सुनसरी प्रशासनले सरल र सहज सेवा प्रवाहका लागि कार्यालयभित्रैबाट निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निःशुल्क उपलब्ध रहने सबै सेवा सोझै कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कबाट प्रदान हुने जानकारी दिइन् ।

147
Shares
१६ फाल्गुन २०७९, मंगलवार १९:५२