इटहरी । इटहरी उपमहानगरपालिकाले दुई हजार विपन्न परिवारको नि:शुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगर क्षेत्रका अति विपन्न दुई हजार परिवारको बीमा गरिदिने इटहरी उपमहानगर पालिकाका प्रमुख हेमकर्ण पौडेलले घोषणा गरेका हुन्  ।

अति बिपन्नदेखि सम्पन्न परिवारको स्वास्थ्यमा समान पहुँच पुर्‍याउने उद्देश्यले अति बिपन्न परिवारका लागि नि:शुल्क बीमा कार्यक्रम सुरु गरिएको पौडेलले जानकारी दिए ।

पहिलो चरणमा प्रत्येक वडाबाट ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरिने र नि:शुल्क बीमा गरिने छ । आर्थिक रुपमा कमजोर भएका घरपरिवारलाई उपचारमा सहज पहुँच विस्तारका लागि स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको प्रमुख पौडेलको भनाइ छ ।
42
Shares
१६ फाल्गुन २०७९, मंगलवार १७:२५