प्रदेश समितिले सोमबार र मङ्गलबार गरी दुई दिन बैठक र प्रशिक्षणको आयोजना गरेको थियो ।
सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरु गठन, पुनर्गठन र अभिलेख सङ्कलनको कार्यलाई तिव्रता दिएको जनाएको छ ।