डडेलधुरा । डडेलधुराका व्यापारीहरु बैंकको चर्को ब्याजदरविरुद्ध आन्दोलित भएका छन् । आज डडेलधुरा सदरमुकामको बजार बन्दसहित व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् । बिहानदेखि ११ बजेसम्म पसल बन्द गरिएको हो ।
बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध शान्तिपूर्ण विरोध र्याली गरिएको डडेलधुरा उद्योग वाणिज्य संघले जनाएको छ । संघको अगुवाइमा भएको विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
आन्दालन अन्तर्गत फागुन १७ र १८ गते बिहान ११ बजेसम्म व्यापार व्यवसाय बन्द गर्ने र बैंक अगाडि धर्ना दिने कार्यक्रम तय गरिएको छ ।व्यापारीहरुले एकल अंक हुने गरी ब्याजदर घटाउन, व्यवसायीलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न, किस्ता र ब्याजको समय सीमा बढाउने लगायतका ७ बुँदे माग अघि सारेका छन् ।