विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियु क्याम्पस कमिटीले स्ववियु विषेश भेटघाट कार्यक्रम आयोजना गरेको छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा क्याम्पस कमिटी सक्रिय भई निर्वानको गतिविधिमा लाग्न कार्यक्रम आयोजना गरिएको अनेरास्ववियु केन्द्रीय सदस्य जोसेफ घिमिरेले बताए । स्ववियु निर्वाचनमा अनेरास्ववियुको उम्मेदवारहरुलाई विद्यार्थी माझमा लोकप्रिय बनाई निर्वाचन जिताउने रणनीति तयार पार्न बैठक बसेको घिमिरेले जानकारी गराए ।
बैठकमा उपस्थीत विद्याथीहरुका धारणा, सल्लहा, सुझाव लिएर क्याम्पसमा देखिएका समस्याहरुलाई यस बैठक मार्फत सम्बोधन गर्ने अनेरास्ववियु जिल्ला कमिटी सह–सचिव नविन पहाडीले बताए ।स्ववियु निर्वाचन विद्यार्थीकौ हितको लागि हुने र प्रविधिमैत्रि शिक्षा नीति वा क्याम्पसमा गुणस्तरीय शिक्षा स्थापना गर्नका लागि स्ववीयु निर्वाचन आवश्यक रहेको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष सनिम ठाकुरीे बताए, थपे ‘विद्यार्थीको उज्जवल भविष्यका लागि स्ववियु निर्वाचनले एक प्रकारको ठूलै भुमिका निर्वाह गरेको देखिएको छ ।’
बैठकमा केन्द्रकमिटीका जोसेफ घिमीरे, क्याम्पस कमिटीका अध्यक्ष सनिम ठाकुरी, उपाध्क्ष आरोग्य थापा, रोमन्स खवास, जिल्ला कमिटी सचिव विरेन्द्र घिमीरे, सह सचिव नविन पहाडी लगायतका विद्यार्थी नेता उपस्थित रहेका थिए ।