बिर्तामोड । ज्याला वृद्धिको माग गर्दै आन्दोलनको घोषणा गरेका चिया श्रमिक र उद्योगीबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । सोमबार झापाको भद्रपुरमा बसेको उद्योगी र श्रमिकबीचको वार्तामा उद्योगीले ज्याला वृद्धि गर्न नसकिने बताएपछि बैठक निष्कर्षविहीन भएको हो ।

श्रमिकले श्रम ऐन–२०७४ अनुसार ज्याला वृद्धिको माग गर्दै आगामी चैत महिनादेखि चिया बगान बन्द गर्ने घोषणा गरेका छन् ।

उनीहरुले गत असार ५ गते नेपाल चिया उत्पादक संघ, केन्द्रिय चिया सहकारी संस्था इलाम, नेपाल चिया विकास निगम झापा, हिमालयन अर्थोडक्स चिया उत्पादक संघ इलाम, साना किसान सहकारी चिया प्रशोधन कारखाना पृथ्वीनगर, साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारी, पाराखोपी साना किसान चिया सहकारी संस्था हल्दिबारीलाई लिखित पत्र पठाई श्रम ऐन–२०७४ को दफा १० अनुसार न्यूनतम् पारिश्रमिकसहित उपदान, सञ्चयकोष तथा चाडपर्व खर्च उपलब्ध गराउन माग गरेका छन् ।
49
Shares
१६ फाल्गुन २०७९, मंगलवार ०९:५६