काठमाडौँ । नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न अनुमति दिएको छ।

लामिछानेले विदेश खेल्न जान अनुमति माग गर्दै दिएको निवेदन र उनलाई थुनामै फर्काउनुपर्ने माग गर्दै परेको दुई निवेदनमाथि एक साथ सुनुवाइ गर्दै सर्वोच्चले सन्दिपको पक्षम आदेश दिएको हो।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको माग बमोजिमको आदेश दिएको उनका वकिल मुराहरि सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु