काठमाडौ । नेकपा एमालेले सचिवालय बैठक सुरु गरेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र राष्ट्रिपति निर्वाचन लगायतका बिषयमा छलफल हुने बताइएको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेचा भ्रमण रोकेको विषयमा पनि छलफल हुने भनिएको छ ।
सरकार बन्दा एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति बिपरित सत्तासीन माओवादीले राष्ट्रपतिमा कांग्रस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेका छन् ।
राष्ट्रपति निर्वाचन सम्म सरकार नछाड्ने भनेका एमालेका अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र मन्त्रीको भ्रमणमा हस्तक्षेपबाट निरास भई आजको बैठकबाट सरकार छाडनसक्ने संकेत समेत दिएका छन ।
35
Shares
१५ फाल्गुन २०७९, सोमबार १२:३१