इनरुवा उत्सव तथा चलचित्र महोत्सवको आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का कार्यसमिति सदस्य समेत रहेका खत्रीले प्रतियोगीहरुको हौसला बढाउने उद्देश्यले नगद पुरस्कार प्रदान गरेको उल्लेख गरे ।
भारत र नेपालका पहलमानहरु सहभागी खेल हेर्न दर्शकको उत्साहजनक सहभागिता रहेको थियो । भारतमा निकै चर्चामा रहेको यो खेल नेपालमा भने कमै खेलाइने गरेको छ ।इनरुवा उत्सव तथा चलचित्र उत्सवमा यो खेल निकै रोचक बनेको छ । तीन दिन सम्म चल्ने दंगल (कुस्ती)को आज दोस्रो दिनको खेलको सुरुवातमा संस्थाका अध्यक्ष अरुण प्रधान तथा कार्यसमिति सदस्य खत्रीले पूजा गरेर उद्घाटन गरेका थिए ।
दंगल (कुस्ती) पनि एउटा कला हो । खेलाडीहरुले आफ्नो कला कुशलता पुर्वक प्रस्तुत गर्नु भयो । हामी अभिनय गरेर आफ्नो कला प्रस्तुत गर्छौं । वाँहाहरुले कुस्ती खेलेर कला प्रस्तुत गर्नुभयो । कला सबैमा हुन्छ तर त्यस्को प्रस्तुति कुशल हुन आवस्यक छ । नगद हस्तान्तरण पछि कलाखार खत्रीले भने ।अर्को प्रसङ्गमा बोल्दै कलाकर खत्रीले आफू चलचित्र निर्माणको तयारीमा रहेको जानकारी दिए । अहिले नै तत्काल औपचारिक नभए पनि चलचित्र निर्माण गर्ने योजना रहेको उल्लेख गर्दै सामाजिक विषयवस्तुकै वरपर रहेर चलचित्र निर्माण गर्ने खत्रीको योजना छ ।