प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि आक्रोशित बनेको नेकपा एमाले आजै सरकारबाट बाहिरिन सक्ने संकेत देखिएको छ ।
एमालेको सचिवालय बैठक, आजै सरकारबाट बाहिरिन सक्ने संकेत
काठमाडौं । एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।