सन्दीपले लिग टुअन्तगर्तको सिरिज खेल्न यूएई जान पाउँ भनी दिएको निवेदनमा अदालतले अन्तरिम आदेश दिएको थिएन । पाटन उच्च अदालतले पुस २८ गते धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्धको रिटसहित आइतबार दुवै रिटको एकै ठाउँमा सुनुवाइ हुने तयारी थियो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चूडालको इजलासले लामिछानेको सुनुवाइलाई सोमबार निरन्तरता दिनेछन् ।
उच्च अदालतको आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्ष थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।न्यायाधीश ईश्वर खतिवडाको इजलासले दुवै निवेदन एकसाथ राखेर आइतबार पेस गर्न आदेश दिएका थिए । सन्दीपमाथि नाबालिग जबरजस्ती करणीको आरोप लागेको छ ।
उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनीमाथि लगाएको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा समावेश गरेको थियो ।