सुनसरी । सुनसरी र पाँचथरबाट चोरीका मोटरसाइकल,सामान सहित १७ जना पक्राउ परेका छन ।

पाँचथर प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका आठ जनालाई चोरीका मोटरसाइकल र तिनका पार्टपुर्जा सहित पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट नियमित मोटरसाइकल हराएका उजुरी पर्न थालेपछि प्रहरीले छिमेकी तेह्रथुमको आठराई गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा फिदिम १ मा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २८ वर्षीय वीरेन्द्र राना, इलाम फाकफोकथुम २ घर भई तेह्रथुमको आठराईमा दुग्ध डेरी सञ्चालन गर्दै आएका तारा बस्नेत, आठराई गाँउपालिका ४ तेह्रथुम बस्ने एकमान दियाली, पबिन इङनाम, वासुदेव तामाङ, सुरज पुर्वछाने मगर, शिवकुमार तामाङ र श्रीप्रसाद तामाङ छन् ।

उनीहरुको साथबाट चोरीका ७ थान मोटरसाइकल र तिनका पार्टपुर्जा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख ९डीएसपी हरि खतिवडाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सबै युवक १९ देखि २८ वर्ष उमेर समूहका छन् ।
49
Shares
१४ फाल्गुन २०७९, आईतवार १६:०२