टर्की र सिरियाको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । गत माघ २३ गते गएको भूकम्प प्रभावित क्षेत्रमा उद्धारको काम भने सकिएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पका कारण घाइते हुनेहरुको उपचार र विस्थापितहरुलाई राहतमा ध्यान केन्द्रित गरिएको छ । भूकम्पले टर्कीमा ध्वस्त भएका भवनबारे व्यापक अनुसन्धान गर्ने निर्णय सरकारले गरेको छ ।

कमजोर भवन बनाएको आशंकामा १८४ ठेकेदार समातिएका छन् । एक लाख ६० हजार भवनमध्ये आवासीय क्षेत्रका पाँच लाख २० हजार भवन शक्तिशाली भूकम्पमा ध्वस्त भएका थिए । यो भूकम्प टर्कीको आधुनिक इतिहासमा सबैभन्दा विनाशकारी रह्यो ।

न्यायमन्त्री बेकिर बोज-डागले भत्केका भवनको सम्बन्धमा ६ सय व्यक्तिलाई अनुसन्धानमा राखेको प्रतिक्रिया दिएका छन् । धेरैजसो टर्किसहरुले भ्रष्टाचार र भवन निर्माण तथा सहरी विकासको त्रुटिलाई लिएर आक्रोश पोखेका छन् ।

राष्ट्रपति रेसेप तैयप इर्दो-आनले दुई दशकयताकै ठूलो राजनीतिक चुनौती सामना गरेका छन् । उनले आगामी जुन महिनामा हुने निर्वाचनमा जवाफदेही हुने वाचा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु