काठमाडौं । किशोरीहरुलाई बन्धक बनाएको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ।
प्रहरीले ५ जना किशोरीलाई उद्दार गरेको ब्यूरोका प्रवक्ता संजय सिंह थापाले बताएका छन्। किशोरीहरुलाई विभिन्न प्रलोभन देखाइ काठमाडौँमा बन्धक बनाएर राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको छ।एक किशोरीले परिवारसँग सम्पर्क गरेपछि प्रहरीले चिनियाँ नागरिकबारे पत्ता लगाएको हो। ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ ।
ब्यूरोले ललितपुरको घटना भएकाले त्यहीँबाट मुद्दा चलाउने भएको छ। ललितपुर प्रहरी परिसरका अनुसार उक्त चिनियाँ नागरिकविरुद्ध आज म्याद थप गरेर थप अनुसन्धान गर्ने भएको छ।