विराटनगर । मोरङको सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रतेक वर्ष आयोजना गरिने रक्तदान कार्यक्रममा दाताको बाक्लो उपस्थिति रहने गरेको इन्द्रपुर जेसिजका संस्थापक अध्यक्ष कृष्णबाबु ढकालले जानकारी दिए । ‘यस वर्ष आयोजना गरिएको कार्यक्रमबाट ६० पिन्ट रगत संकलन गर्यो’ ढकालले बताए ।
संकलित रगत रेडक्रसलाई हस्तान्तरण गरिने भएको छ ।आप्त्कालिन अवस्थामा सजिलै रगत नपाउने समस्यालाई बुझेर जिवनउपयोगी रगतलाई संकलन गरी रेडक्रसमा बुझउने उद्देश्यले कार्यक्रम आयोजना गरेको इन्द्रपुर जेसिज अध्यक्ष विना आचार्य सुवेदीले बताएकि छन् । कार्यक्रमलाई इन्द्रपुर जुनियर जेसिजले साथ दिएका थिए ।