मकवानपुर जिल्लाको महत्वपूर्ण पर्यटकिय गण्तवय मकवानपुरगढी दरबारको जीर्णेधार सुरु भएको छ । ऐतिहासिक महत्वको मकवानपुरगढी दरबारको जीर्णेधारका लागि एक करोड १८ लाख ४३ हजार ९२३ रुपिपयाँको ठेक्का सम्झौता भएको छ ।

मकवानपुरगढी दरबार परिसरमा रहेको श्रीकृष्णको मन्दिर पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेषको मर्मतसम्भार हुने भएको मकवानपुरगढी गा.पा. वडा २ का वडाध्यक्ष बखानसिंह पाख्रिनले जानकारी दिए ।

गढीको पुरानै शैलीमा मर्मत तथा संरक्षणको काम हुने सिंहले बताए ।
साथै दरबार प्र्रवेश गर्ने द्वारअगाडिको काठको पुल प्रवेशद्वार बराबर नै चौडा गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु