काठमाडौं । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

गत शुक्रवार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको हो। मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपतकालीन चिकित्सा सेवा प्राधिकरण (आरईएमएसए) दुर्घटनाको पुष्टि गरेको छ।

दुर्घटनाग्रस्त विमानमा चालकबाहेक एकजना परिचारिका, एकजना चिकित्सा सहायक, एकजना बिरामी र उनको परिवारका एकजना सदस्य थिए।

प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ।

49
Shares
१४ फाल्गुन २०७९, आईतवार १३:२४