लमजुङका अलैँची किसानले यस वर्ष अलैँची दाना बिक्रीबाट २० करोड आम्दानी गरेका छन् । जिल्लामा यस वर्ष तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । गत वर्ष तीन सय ५० मेट्रिक टन अलैँची बाट यहाँका किसानले १८ करोड २० लाख आमदानी गरेका थिए ।
यस्तै वर्ष ०७६ मा दुई सय मेट्रिक टन अलैँची उत्पादनबाट किसानले १२ करोड आमदानी गर्न सफल भएको अलैँची व्यवसायी महासघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए।

२०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यस वर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको तामाङले जानकारी दिए । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए ।