रुसले युक्रेनमा हस्तक्षेप गरेको १ वर्षको पुगेसँगै इयुले थप व्यापारिक प्रतिबन्ध लगाएको युरोपेली परिषद अध्यक्षको कार्यालयलाई उद्धत गर्दै अलजजिराले जनाएको छ ।
रुसले युक्रेन विरुद्ध विभिन्न उपकरणसहित सेना परिचालन गरेकोमा उसलाई व्यापारिक प्रतिवन्ध लगाइने निर्णय भएको इयुले जनाएको छ । आर्थिक प्रतिवन्धले रुसलाई थप असर गर्ने इयुको दाबी छ ।त्यस्तै, रुसलाई निर्यातमा समेत कडाई गरिने र रुस समर्थित मुलुकका लागि समेत सो प्रतिवन्ध लागु हुने जनाइएको छ ।