इलाम । दक्षिणी इलामको रोङ गाउँपालिका ६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ निमार्णको लागि तयारी गरिएको छ ।   भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुरलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम गरिएको हो ।

स्थानीय हावापानी सुहाउँदो बीउ बाली, खेती प्रणाली प्रवद्र्धन र अन्य तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै सोलार लिफ्टीङ प्रविधिको सिँचाई आयोजना निर्माण गरिएको छ ।

चुरे क्षेत्रको पाटापुरमा सिँचाइको लागि नामसालिङ्ग सामुदायिक विकास केन्द्रमार्फत सोलार लिफ्टीङ प्रविधिको सिँचाई आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र  स्थानीय पहलका लागि क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको हो ।

नामसालिङ सामुदायिक विकास केन्द्रका टिम लिडर हिराकाजी घलेका अनुसार गाउँमा रहेको सुख्खा जमिनमा सिँचाई सुविधा उपलब्ध गराई यहाँ जलवायु अनुकूल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु