काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने भएको छ ।

नेपाल राष्ट्र ‘बैंकले बैङ्क तथा वित्तीय संस्थाका लागि  जारी गरेको एकीकृत निर्देशन, २०७९’ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

“ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा र ब्याजको दायित्व भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन पाइने छैन । यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा र ब्याजमा मात्र लागू हुनेछ”, राष्ट्र बैङ्कको निर्देशनमा भनिएको छ  तर कुनै ऋणीले छुट पाउने अवधिभित्र साँवा र ब्याज भुक्तानी नगरेमा बैङ्क तथा वित्तीय संस्थाले सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज ऋणीसँग लिन सक्नेछन् ।

राष्ट्र बैंकले कर्जाको पुनः संरचना र पुनःतालिकीकरणसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु दुई करोडसम्मको कर्जालाई विभिन्न शर्त राखेर पुनः संरचना र पुनः तालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु