विराटनगर । प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि आइतबार राजीनामा दिने भएका छन् । राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी कृषिमन्त्री भक्तिनाथ सिटौलाले आइतबार पदबाट राजीनामा दिने जानकारी दिए।
शनिबार बिहान बसेको राप्रपाको कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रदेश र संघीय सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
केन्द्रमा राप्रपाका मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन्।