राष्ट्रपति चुनावले चुनावी गठबन्धन ब्युँताएपछि प्रदेशको समीकरण फेरिने भएको छ।प्रदेशमा एमालेसँग ४०, माओवादीको सभामुखसहित १३, राप्रपाको ६ र जसपाको १ जनासहित एमाले नेतृत्वमा सरकार बनेको थियो।
९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ। ६ जना प्रदेससभा सदस्य भएको राप्रपा अहिले एउटा मन्त्रालयसहित सरकारमा थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सरकारबाट बाहिरिने भएपछि एमाले नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा पर्ने भएको छ।